कोरोना विरुद्ध सचेतना जगाउन मंगलसैन नगरपालिका द्वारा माइकिङ 

कोरोना विरुद्ध सचेतना जगाउन मंगलसैन नगरपालिका द्वारा माइकिङ 

अछाम : मंगलसैन नगरपालिकाले संसारभर फैलिएको नोबेल कोरोना भाइरस (कोभिड १९) विरुद्ध सचेतना स्वरुप माइकिङ गर्ने कार्यलाई अघि बढाएको छ ।

लेखाअधिकृत बिष्णु प्रसाद उपाध्यायको नेतृत्वमा खटिएको टोलिले आज नगरपालिकाको वडा नम्बर ६ ठुलासैन हुँदै वडा नम्बर १२ को बान्नातोलीमा पुगि कोभिड–१९ को संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सर्वसाधारणलाई सकेसम्म घरबाट बाहिर ननिस्कन अपील गरिएको छ ।

एक ठाउँमा भेला भएका हरुलाइ एकै ठाउँमा जम्मा नहुन अनुरोध समेत गरिएको थियो भने कोरोना भाइरसको बारेमा जानकारी र यश वाट बच्न अपनाउनु पर्ने उपाएको बारेमा स्थानीय हरुलाइ जानकारी गराइएको थियो । नगरभित्र कोरोना विरुद्ध सबैलाई सचेत तुल्याउन हरेक टोलवस्तीमा माइकिङ गर्ने , लेखाअधिकृत उपाध्यायले जानकारी दिए । उक्त अभियानमा पत्रकार सुशील भण्डारी ,मंगलसैन नगरपालिकाका कर्मचारी नरेश कठायत,बिष्णु जैशी,दिपक खड्का ,लोक बहादुर चलाउने ,पौरख बोगटी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *