कमलबजार नगरपालिका १० घोडासैनको वडा कार्यालयको सिलान्यास ( फोटो फिचर)

अछाम :कमलबजार नगरपालिका वडा नम्बर १० घोडासैनको वडा कार्यालयको सिलान्यास गरिएको छ ।

आज एक कार्यक्रमका बीच कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्ट ,उपप्रमुख भुमीशरण बजगाइले घोडासैनको गैरिकोटमा सिलान्यास गर्नुभएको हो ।
भवनको सिलन्यास गर्दै नगरप्रमुख बिष्टले सबै वडामा आफ्नै भवन निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो  । यसै अन्तरगत वडा नं १० को वडा कार्यालय निर्माण सुरु गरिएको हो  ।
नगरप्रमुख बिष्टले , भवन निर्माण नभएका वडामा क्रमसः वडा कार्यालय निर्माण गरिने बताए । वडा कार्यालय निर्माण भैसकेपछि सेवा प्रवाह गर्न सजिलो हुने छ । भाडामा वडा कार्यालय संचालन गर्दा सेवाग्राही र सेवा प्रदायी दुबैलाई समस्या रहेको बताउदै नगरप्रमुख बिष्टले भने , आफ्नो संरचना निर्माण भएपछि राहत पुग्ने छ । वडा नं १०  का अध्यक्ष भिम बिष्टले वडा कार्यालय निर्माणले स्थानीयमा खुसी थपेको बताए । उनले भने, भाडामा वडा कार्यालय संचालन गर्दा नगरपालिकालाई आर्थिक भार परेको थियो भवन बनेपछि त्यसबाट मुक्ती मिल्ने छ । सिलान्यास कार्यक्रममा कमलबजार नगरपालिका वडा नम्बर ६ का अध्यक्ष राम बहादुर शाह,पत्रकार महासंघ अछामका सदस्य सुशील भण्डारी लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *