भरतपुर क्यान्सर अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द

भरतपुर क्यान्सर अस्पतालमा अत्यावश्यकबाहेकका सेवा बन्द

एकपछि अर्को गरी स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि चितवनस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पछिल्लो समय लगातार कोरोना रिर्पोट पोजेटिभ आउन थालेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको बताए । अस्पतालमा नियमित उपचार गराइरहेका बिरामीहरुको उपचार भने नरोकिने उनको भनाइ छ । नयाँ आकस्मिक बिरामी आए चलिरहेको ओपीडीमा सम्बन्धित चिकित्सक नै गएर सेवा दिने व्यवस्था गरिएको डा. गौत्तमले बताए ।

संक्रमितसँग सम्पर्कमा आएकाहरूको परीक्षण र अस्पतालको निर्मलीकरण गर्नुपर्ने भएकाेले अर्को सूचना नआएसम्मका लागि सेवा बन्द गरिएको कार्यकारी निर्देशक डा. गौतमले एक सूचनामार्फत जानकारी गराएका हुन् ।

शनिबार राति आएको रिर्पोटमा क्यान्सर अस्पतालको मात्रै आकस्मिक कक्षमा कार्यरत पाँच जना नर्समा कोरोना पोजेटिभ आएको थियो । अहिलेसम्म अस्पतालमा तीन जना कार्यालय सहयोगीसहित १० जनामा संक्रमण देखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *