सफल करिअरका लागि कस्तो तयारी गर्दैछन् अनमोल ?

सफल करिअरका लागि कस्तो तयारी गर्दैछन् अनमोल ?

बलिउडमा चर्किएको परिवारवादको मुद्दाले नेपालमा पनि हलचल मच्चाइरहेको छ । नेपाली चलचित्रमा पनि परिवारवाद हाबी भएको भन्दै केही कलाकारले आवाज उठाइरहेका छन् ।

नेपालमा चलचित्रकर्मीकै छोराछोरीको रुपमा यो क्षेत्रमा आउने कलाकारको संख्या थोरै छ । नायक अनमोल केसी, नायिका सुहाना थापा, नायक सलोन बस्नेत, नायिका केकी अधिकारी, नायिका निरीषा बस्नेतलगायत चलचित्रकर्मीका सन्तानको रुपमा यो क्षेत्रमा प्रवेश गरेका हुन् ।

यीमध्ये कतिपय कलाकारले सफलता हासिल गरिरहेका छन् भने कतिपयको अवस्था सुखद् छैन ।

आठौं चलचित्र ‘ए मेरो हजुर ४’मा काम गरिरहेका नायक अनमोल केसीको पनि विभिन्न कोणबाट आलोचना नभएको होइन । तर चलचित्र क्षेत्रमा उनी अहिलेका सर्वाधिक माग भएका कलाकार हुन् । अनमोल चलचित्र क्षेत्र परिवार भएको भन्दै सबै मिलेर काम गर्नुपर्ने बताउँछन् । उनी यो क्षेत्रले नयाँ प्रतिभालाई सधैं स्वागत गरेको पनि बताउँछन् ।

उनै अनमोल लामो दौडका लागि तयारी नै मुख्य साँचो भएको उल्लेख गरेका छन् । आठौं चलचित्रसम्म आइपुग्दा अनमोलको क्रेज लोभलाग्दो छ । तर उनले चलचित्र अभिनयमा अझै तयारी गर्न आवश्यक रहेको पनि समीक्षा हुने गरेको छ । अनमोलको कुराबाट पनि के बुझ्न सकिन्छ भने उनी लामो दौडको तयारी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *