कु’ण्ठाले उ’जाडिएको जिन्दगी

कु’ण्ठाले उ’जाडिएको जिन्दगी

नारीहरूले आफ्नो गन्थन मात्र लेख्छन् । पुरुष लेखकहरूको एकतर्फी आ’रोप । त्यसो त साहित्य आफूले भोगेको देखेको जीवन र समाजको यथार्थ चित्रण हो । साहित्य यथार्थ भन्दा फरक हुनै सक्दैन् । आजको यो समाजमा पनि अत्याधिक रूपमा पितृसत्ता हावी छ । नारीको आफ्नो जीन्दगीको ससाना रहरदेखि महत्त्वपूर्ण निर्णयहरू पुरुषको हातमा छ । भर्चुअल दुनियाँले साँघुरिदै गएको मानव समाज । प्रेमको नाममा पैmलिएको व्यापार । विश्वासको नाममा घा’त । वर्तमान समाजको कहाली लाग्दा यथार्थ हुन् । त्यही यथार्थलाई उपन्यासकार शुशीला पौडेलले आफ्नो तृषा उपन्यासमा विषयवस्तु बनाएर उठाएकी छिन् ।

दिनभरि अफिसमा व्यस्त श्रीमान् प्रमोद । आफू पढेलेखेकी भए पनि घरको चार पर्खालभित्र सिमित श्रीमतीको दैनिकी । हरेक साँझ घर फर्केपछि प्रमोदले गर्ने नमिठो मानसिक प्र’हारको कारण प्रमिला वि’क्षिप्त बनेकी छ । श्रीमान्ले गर्ने झर्कीफर्की । अफिसबाट आउने वित्तिकै चिया कफी तयार गर्नुपर्ने बाध्यता । छोराछोरीको होमवर्क नगर्ने र उनीहरूलाई समय नदिने प्रमोद । अझैँ प्रमिलामथि निम्न स्तरको व्यवहार गर्छ । प्रमोदको व्यवहारले ऊ निकै दुखित हुन्छे । आफ्नो परिवारको खुसीको लागि सबै रहर मारेर बाँच्न विवश पात्र हो प्रमिला ।

भौतिक सुख समयलले मात्र कहिल्यै शान्ति दिदैँन । सुखी र खुसी जीवन जिउनका लागि माया, प्रेम र स्वतन्त्रता पनि अत्यान्तै आवश्यक कुरा हो । जुन प्रमिलाले महसुुस गनै पाएकी छैन । प्रमोदमा पुरुष हुनको अहम् बाबु हुनुको गर्व र हाकिम हुनुको घमण्ड छ । पढाइमा अब्बल श्रीमतीलाई उसले बाहिरी संसार देखाएको छैन । उमाथि चरम द’मन थि’चोमिचो र उसका रहरमा लात हान्दा उसको जिन्दगी तहस नहस भएको छ । प्रमिलाले ऊ स्वतन्त्र पंन्क्षीझैँ खुल्ला आकाशमा उड्न पाएकी छैन । एकसाँझ छोराछोरीलाई घरमा छोडेर प्रमोद र प्रमिला ठाँटिएर अफिसको पाटीमा गएको र त्यही पाटीमा अफिसको स्टाप जीवनसँग प्रमिलाको भेट भएदेखि कथानक चरम उत्कर्षमा अगाडि बढेको छ । पाटीमा श्रीमान्को अफिसको स्टाप जीवन गरेको व्यवहार उसलाई पटक्कै मन पर्दैन । उसको मन त्यहाँको रमाइलोमा भन्दा अगाडि छोराछोरीसँग पुग्छ । ऊ चाँडै घर फर्कन चाहन्छे तर श्रीमान्को खुसीका लागि उसका पाइला अगाडि बढ्न मान्दैनन् । यो विवशता आम नेपाली दिदी बहिनीको बा’ध्यता हो ।

जीवसँग एक पल पार्टीमा भेट भएपछि उसँग पटकपटक भेट्ने बाहाना मिल्छ । श्रीमान्ले उसलाई गर्ने नमिठो व्यवहारमा जलेकी प्रमिला । जीवनले हरेक पलमा उसलाई गर्ने प्रेम र ख्यालको कारणले उसको मन पग्लन्छ । ऊ श्रीमान्को साथमा भन्दा जीवनको च्याटमा बढी खुसी हुन्छे । उसलाई श्रीमान्को अँगालो चिसो लाग्छ । छोराछोरीको साथ झर्को लाग्छ । जीवनको स्पर्श नमिठो लाग्छ ।

जीवनको साथमा उसले आमा हुनुको कर्तव्य भुल्छे, श्रीमती हुनको मर्यादा ख्याल गर्दिनँ । जब जीवन उसको नजिक आउँछ ऊ पानीपनी हुन्छे र हरेक पटक सहवासको लागि तयार बन्छे । सिरको सिन्दूरको सम्बन्ध भुलेर जीवनको गुलावी प्रेममा समाहित हुन पुग्छे । परपुरुषको अङ्गालोमा हराएर आफ्नो सर्वस्व गुमाउँदा पनि उसलाई कुनै ग्ला’नी भएको छैन । बरु आनन्द मानेर आफूलाई स्वीकार गरेकी छ ।

जीवनले उसलाई पटकपटक मानसिक रूपमा कमजोर बनाउँदै लैजान्छ । उसको भावनामाथि प्रहार गर्छ । विरामी भएको अभिनय गरेर कोठामा भेट्न बोलाउँछ । घर आगलागी भएको र बुबा डढेर नेपालमा उपचार हुन नसकेर इन्डिया लैजानुपर्ने समस्या देखाएर उसँग आर्थिक लाभ लिन्छ । उता उसको श्रीमान्को अफिसको छ लाख लिएर फरार हुन्छ । जब उसको फेसबुकमा प्रमिला ब्लकमा पर्छे उसको होसहवास उड्छ । बुझ्दै जाँदा जीवनको अस्ट्रोलियमा प्रेमिका भएको र ऊ पनि उतै गएको खबर पाउँछे । पछुताउनु भन्दा अर्को विकल्प रहँदैन ।
यी र यस्ता कथाहरू अहिलेको समाजमा जताततै छरिएका छन् । प्रेमको नाममा व्यापार हुन्छ । मानवीय संवेदनालाई चटक्क भुलेर मानिसहरू विनिमयको बजारतिर आकर्षित हुन थालेका छन् । वृत्ताकारीय शैलीमा लेखिएको यस उपन्यास । प्रेम र धोका । विश्वास र घात । क्षणिक यौनिक चाहनालाई नियन्त्रण गर्न नसक्दा जिन्दगी कसरी दु’र्घटना बन्न पुग्छ ? भन्ने कुरालाई कलात्मक किसिमले देखाइएको छ । सधैँ काममा व्यस्त भइरहने श्रीमान्ले श्रीमतीको चाहना बुझ्न नसक्दा र नियन्त्रणमा राख्न खोज्दा कस्तो अवस्था आउँछ भन्ने सन्देश यस उपन्यासबाट लिन सकिन्छ ।
पुरुष लेखकले सिर्जना गर्ने हरेक श्रीजनमा कि नारी पात्रलाई अन्तमा बहुलाही बनाउँछन् कि आ’त्महत्या गर्न बाध्य बनाउँछन् भन्ने नारीवादले आलोचना गर्छ । तर यहाँ नारीले सिर्जना गरेको रचनामा पनि नारीलाई क’मजोर बनाइएको छ । नारी पुरुषको साधन हुन् । यिनीहरूलाई भावनामा बहकाएर प्रयोग गर्न सकिन्छ भन्ने पुरुषवादी सोचको झल्को भेट्न सकिन्छ । प्रमिलालाई जीवनको रङ्गीन मुस्कानमा लिप्त नभए श्रीमान र समाजसँग विद्रोह गरी केही महत्त्वपूर्ण काम गरेर देखाएको भए उपन्यास अझ मिठो हुने नारीले आफू अधिकार र आफ्नो शरीरको रक्षा गर्नुभन्दा पनि पुरुषको यौनइच्छा पूरा गर्नको लागि आफ्नो श्रीमान र छोराछोरीप्रतिको जिम्मेवारी समेत बहन नगरी हरेक पल तप्पर रहेकी छ । यो प्रमिलाको सबैभन्दा ठुलो कमजोरी हो । हुन् त यस्ता घटना समजमा प्रतिनिधि घ’टना हुन् । हरेक दिन अखबरमा हामी यस्तै समाचार पढ्न विवश रहेका छौँ ।
उपन्यासमा कलात्मक र तार्किक किसिमको भाषाशैलीको प्रयोग गरिएको छ । पढ्दै जाँदा पाठकलाई कतै रोमान्चित बनाउँछ । कतै धरधरी रुवाउँछ । कतिलाई त यो कथा आफ्नै जस्तो पनि लाग्न सक्छ । यो उपन्यासकारको उद्भूत क्षमता हो ।
गीत गजल र शिक्षण सेवामा सक्रिय पौडेलको यो पहिलो उपन्यास हो । आधुनिक नारीका यौन कुण्ठालाई सुत्रमा बुनिएको औपन्यासिक कृति तृषा शिखा बुक्सले बजारमा ल्याएको हो ।

साथै उपन्यासमा मनको दासी तर दौलतको धनी । प्रेमिल जीन्दगीका विभिन्न आयमलाई उठाउन खोजिएको छ । साथै सम्पतिको पनि कुनै वास्ता नगरी सबै त्यही केटालाई दिएकी छ । यो नारी लेखकले गर्ने सबैभन्दा ठुलो कमजोरी ह
गीत गजलमा आफूलाई उन्दै आएकी शुशीला विशेषगरी गीतकार हुन् । उनको तिमी त माया गर्ने मान्छे, तिमी फूलेको डाली अर्कै थियो लगायत तीन दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेको छ ।

सुभद्रा ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *