मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम बिजयी

मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम  बिजयी

सुुुशील भण्डारी ,अछाम : मंगलसैनमा भएको मैत्रीपुर्ण भलिबलको उपाधी स्थानीय टिमले हात पारेको छ ।

आज षाेड्सा देबि माबि मंगलसैनकाे प्राङ्गणमा भएको राष्ट्रसेवक कर्मचारी र स्थानीय बीचको भलिबल प्रतियोगितामा उक्त उपाधि स्थानीय टिमले हात पारेको हो । वेस्ट अफ फाइभमा खेलिएको खेलमा स्थानीयको टिमले लगातार तीन सेट जिति उपाधी चुम्न सफल भएको हो ।

प्रतियोगिताको विजेता टिमलाई आकर्षक शिल्ड,मेडल र प्रमाणपत्र र द्धितिय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिताको उपाधी हात पारेको स्थानीय टिमले प्राप्त गरेको आकर्षक शिल्ड जिल्ला खेलकुद विकास समितिमा राखिने छ ।महाशिवरात्रि तथा सेना दिवसको अवसरमा भवानी बक्स गण अछामको आयोजना र जिल्ला खेलकुद बिकास समिती अछामको समन्वयमा कार्यक्रम भएको थियो ।

भवानी बक्स गण अछामका गणपति लोचन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती अछामका उपप्रमुख टोपबहादुर रावल रहनु भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति अछामका निवर्तमान अध्यक्ष छबिराज ढुंगाना,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दिपक भारती ,भवानी बक्स गण अछामका सेनानी भरत बिष्ट लगायतका अतिथि रहनुभएको  थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *