नयाँ आइओएसले समाधान गर्नेछ यी समस्या

नयाँ आइओएसले समाधान गर्नेछ यी समस्या

एप्पलले आफ्ना आइफोन र आइप्याडका लागि आइओएसको नयाँ संस्करण सार्वजनिक गरेको छ। बिहीबारदेखि उपलब्ध गराइएको अपडेटमा प्रयोगकर्ताले आइओएस १३.६.१ संस्करण पाउनेछन्।

आइओएसको यो नयाँ अपडेट भए पनि यसमा धेरै सुविधा भने छैन। तर केही फोनका डिस्प्लेमा हलुका हरियो रङ देखिने समस्या भने समाधान हुने कम्पनीको भनाइ छ।

टेक हिन्दुस्तान टाइम्सका अनुसार यो संस्करणले नोटिफिकेसनमा देखिएको समस्या पनि समाधान गर्नेछ। साथै प्रयोग नगरिएको डाटा फाइलहरू आफैं मेटिने समस्या पनि हट्नेछ।

आइओएसको यो नयाँ संस्करण ११० एमबिको रहेको बताइएको छ। यो आइओएस १३ संस्करणको अन्तिम अपडेट मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *