भक्कानिदै बार्सिलोनाबाट बिदा भए मेसी – भिडियाे

भक्कानिदै बार्सिलोनाबाट बिदा भए मेसी – भिडियाे

अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लिओनल मेसी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन् । १३ वर्षको उमेरमा बार्सिलोनामा आवद्ध भएका मेसी वर्षे करियर समाप्त पार्दै बार्सिलोनाबाट आइतबार बिदा भएका हुन् ।

बार्सिलोनाले आयोजना गरेको उनको बिदाइ कार्यक्रममा मेसी भक्कानिए। उनले बार्सिलोनाबाट आफूले कसरी बिदा भन्नु पर्छ भन्ने कहिल्यै नसोचेको बताए। गत जुनमा करार सकिएसँगै मेस्सी ‘फ्रि एजेन्ट’ बनेका थिए ।

शुक्रबार क्लबले ‘आर्थिक र संरचनात्मक बाधा’ का कारण मेस्सीलाई अनुबन्ध गर्न नसकिने जनायो । ला लिगाको तलबको मापदण्डभित्र रहेर बार्सिलोनाले ३४ वर्षीय खेलाडीलाई अनुबन्ध गर्न सकेन । ६ पटकका बालोन डि’ओर विजेताले अब नयाँ क्लब खोज्नुपर्ने भएको छ ।

बिदाइ कार्यक्रमको सुरुमा मेसीले आफ्नो कुरा राखेका थिए। उनले आफ्नो कुरा सकेपछि उपस्थितहरूले ताली बजाएर सम्मान प्रकट गरेका थिए।  सुरूदेखि नै भावुक देखिएका मेसीले आफूलाई थाम्न सकेनन् र भक्कानिए।

कार्यक्रमको दर्शकदीर्घामा उनकी श्रीमती र छोराहरू पनि उपस्थित थिए। मेसी भक्कानिँदा उनीहरू पनि भावुक बनेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *