नेपाली काङ्ग्रेस मंगलसेन नगर कार्यसमिति द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस मंगलसेन नगर कार्यसमिति द्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

अछाम :नेपाली काङ्ग्रेस मंगलसेन नगरकार्यसमिति अछामको आयोजनामा नवबर्ष २०७८ को शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

मंगलसेन नगर कार्यसमितिका सभापति  पुष्पराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व  पाटी सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाह रहनु भएको थियोे । भने विशिष्ट अतिथि नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि पदमराज अधिकारी रहनु भएको थियोे ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधि अन्जु मल्ल ,जिल्ला पाटी सचीव नमबहादुर शाही लगायत नेपाली काङ्ग्रेस प्रती आस्थावान नेताकार्यकर्ताको उपस्तिथि रहेकोे थियो ।
नगर उप सभापति राजेश बाबू बोगटीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचीव हिरण्ड बहादुर बोहराले गर्नुभएको थियो । साथै
नेपाली काङ्ग्रेस मंगलसेन नगर कार्यसमितिले यही चैत्र २५ गते सम्पन्न नेपाल पत्रकार महासंघको ५ औं जिल्ला अधिबेशनमा नेपाल प्रेस युनियनको पुरै टिमलाई बिजयी गराउन महत्वोपुर्ण भुमिका निर्वाह गरेको भन्दै नेपाल प्रेस युनियन अछामका पुर्व अध्यक्ष यज्ञराज ढुंगालाई सम्मान गरेको छ । नेपाली काङ्ग्रेस अछामका पुर्व पाटि सभापति एवं महासमिति सदस्य पुष्प बहादुर शाहले ढुंगानालाई खादा र अबिरले सम्मान गरेका थिए । ढुंगाना जिपि कोइराला फाउन्डेसन अछामका अध्यक्ष समेत हुन् । तेस्तै नगर कार्यसमितिले प्रेस युनियनका पुर्व अध्यक्ष तथा भर्खरै पत्रकार महासंघको सम्पन्न अधिबेशनमा राष्ट्रिय परिषद सदस्यमा निर्वाचित जनक राज भण्डारी ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,जिल्ला सहसचिवमा निर्वाचित प्रेस युनियन अछामका उपाध्यक्ष नमराज भण्डारीलाई पनि सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *