तुर्माखादमा संचालित सुन्तलाजात फलफुल बगैंचा ब्यवस्थापन तालिमको समापन

तुर्माखादमा संचालित सुन्तलाजात फलफुल बगैंचा ब्यवस्थापन तालिमको समापन

सुन्तलाजात फलफुल बगैंचा ब्यवस्थापन तालिम तथा प्रबिधि हस्तान्तरण कार्यक्रम तुर्माखादमा सम्पन्न भएको छ । यही चैत २८ गते बाट सुरु भएको तालिमको सोमबार एक कार्यक्रम बीच समापन गरिएको हो ।

बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको आयोजनामा भएको तालिममा तुर्माखाद गाउँपालिकाको
सुन्तला पकेट क्षेत्र मानिएको वडा नम्बर ४ र ७ का ६० जना कृषक हरुको सहभागीता रहेकोे थियो । उक्त तालिममा सहभागी कृषक हरुलाइ सिकेचर ८० थान,आरि ११० थान,फुड्स्प्रे ४ थान,ब्रस ८० थान,कृषि चुन३७० केजि ,नेलोतुथो ३७० केजि,पावर स्प्रे २ थान,सुच्म खाद्य तत्व लगायत किटनासक बिसादी समेत बितरण गरिएको थियो भने उनीहरुलाई सुन्तला खेती गर्दा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी गराइएको थियो ।

तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृता बुढा , क्षेत्रीय कृषि अनुसन्धान केन्द्र डोटिका नार्क डाइरेक्टर केशब प्रसाद श्रेष्ठ ,तुर्माखाद गाउँपालिका निमित्त प्रमुख प्रशासकीय हिक्मत बुढा ,वडा नम्बर ४ का अध्यक्ष कबिराम बयक ,वडा नम्बर ७ का अध्यक्ष रतन बहादुर चलाउने ,बाली संरक्षण प्रयोगशाला कंचनपुरका प्राबिधिक सहायक प्रेम राज न्यौपाने ,कृषि शाखा प्रमुख भगेन्द्र ओड, नायब प्राबिधिक सहायक लोकेन्द्र साउद,लक्ष्मण बिसि,पशु सेवा प्राबिधिक प्रेम बिसि लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण बाली संरक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरका प्राबिधिक सहायक अम्बा दत्त बिष्टले गर्नुभएको कमल बुढाले जानकारी दिनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *