मन्त्रीसमेत रहेका चार सांसद माओवादी केन्द्रबाट निष्कासित

मन्त्रीसमेत रहेका चार सांसद माओवादी केन्द्रबाट निष्कासित

काठमाडौं :  नेकपा एमाले प्रवेश गरेका ४ जना प्रतिनिधिसभा सदस्यलाई माओवादी केन्द्रले निष्कासित गरेको छ ।

कारबाही हुनेमा ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र श्रम मन्त्री गौरीशंकर चौधरी रहेका छन् । चारैजनाले दल त्याग गरेको सूचना संसद सचिवालयलाई दिएका छन् ।

पार्टीले कारबाही गरेसँगै उनीहरु सांसद रहने छैनन् । माओवादी केन्द्रले उनीहरुलाई पार्टीको साधारण सदस्य पनि नहरने गरी निश्कासन गरेको छ । एमाले प्रवेश गरेका नेता रामबहादुर थापा बादललाई पनि मंगलबार नै कारबाही गरेको पत्र संसद सचिवालयमा पठाउने माओवादी केन्द्रको तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *