लकडाउनबारे बाेले स्वास्थ्य मन्त्री त्रिपाठी

लकडाउनबारे बाेले स्वास्थ्य मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्ने मनस्थितिमा नरहेको बताएका छन ।  मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन्।

उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको बताए। लकडाउनले कोभिड नियन्त्रण गर्न कम हुने भए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको बताए।

अहिले विश्वभर ८१ प्रकृतिका खोप विकसित भइरहेको र त्यसमध्ये १३ वटा खोप प्रचलनमा आइसकेको अवस्थामा नेपालले पनि ३ किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको बताए। चीन सरकारबाट अनुदानमा उपलब्ध कोभिड-१९ विरूद्धको खोप लगाउने अभियान बुधबारदेखि सुरू हुने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *