म्यानमारमा सैनिकले गरेको  कु, विरुद्ध  मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा बिरोध

म्यानमारमा सैनिकले गरेको  कु, विरुद्ध  मानव अधिकार तथा शान्ति समाज अछाम द्वारा बिरोध

अछाम :म्यानमारमा सेनाले कु गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी र वरिष्ठ नेताहरूलाई हिरासतमा लिएर  सैनिकले सत्ता हातमा लिएको छ ।

सैनिक कुको विरोधमा विश्वका विभिन्न राष्ट्रले विरोध तथा भत्र्सना गरेका छन् । सोहीको बिरोधमा मानव अधिकार तथा शान्ति समाजले देशै भर बिरोध गरेको छ ।

अछाम शाखाले पनि  र्याली सहित बिरोध गरेको हो ।

मानव अधिकार तथा शान्ति समाज अछाम शाखाका अध्यक्ष पदम बहादुर शाहको सभापतित्वमा भएको बिरोध सभामा प्रमुख बक्ताको रूपमा बोल्दै समाजका केन्द्रिय सचिव मदनबहादुर कुवरले
सेनाले  गरेको यो कु लाई  आफ्नो कदम सच्याउन आग्रह गरेका छन् । यो प्रजातान्त्रिक बिरोधी कदम कसैले पनि स्विकार्नुहुन्न, सेनाको कार्यप्रति विरोध जनाउनुपर्छ कुवरले भने ।

बिरोध कार्यक्रममा समाजका केन्द्रिय सदस्य सरस्वती नेपाली लगायत मानव अधिकारवादि हरुको उपस्थित रहेकोे थियो ।
कार्यक्रमको सञ्चालन सचिव  तेजनारायण पौडेल गर्नुभएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *