बधाई ! थ्री नेसन्स कपको उपाधि नेपाललाई

बधाई ! थ्री नेसन्स कपको उपाधि नेपाललाई

काठमाडौं:  बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले  थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८१ औं मिनेटमा गोल फर्काएको थियो ।

थ्री नेसन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्तानको २३ वर्षमुनिको टिम सहभागी थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *