रेशम चौधरी र महेश बस्नेतबीच कारागारमै भेट

रेशम चौधरी र महेश बस्नेतबीच कारागारमै भेट

काठमाडाैं:  नेकपा (एमाले) नेता महेश बस्नेत र निलम्बित सांसद रेशम चौधरीबीच आज विहान भेटघाट भएको छ।

पछिल्लो समय एमाले र जनता समाजवादी पार्टीबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएकोबेला डिल्लीबजारस्थित कारागारमा भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। भेटले चौधरीकाे  रिहाइका लागि सरकार सकारात्मक रहेको सन्देश दिएको स्रोतको दाबी छ ।

विहिबार मात्रै गृहमन्त्री रामबहादुर थापा बादलले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरीको रिहाइको धर्नामा सहभागी भएर प्रतिबद्धता जनाएका थिए । 

 संघीय समाजवादी पार्टी (सजपा) बाट कैलाली १ नम्बरबाट निर्वाचित सांसद चौधरी  टीकापुरमा थरुहट आन्दोलनका भएको हिं’सात्मक घ’टनामा दाे’षी ठहरिदै ज्या’न मुद्दामा स’जाय भोगिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *