विद्यार्थीहरु विरामी पर्न थालेपछि विद्यालय बन्द

विद्यार्थीहरु विरामी पर्न थालेपछि विद्यालय बन्द

अछाम : विद्यार्थीहरु विरामी पर्न थालेपछि अछामको एक  विद्यालय ४ दिनका लागि बन्द गरिएका छ ।

जिल्लाको बान्निगढि जयगढ गाउँपालिका -६ दर्नास्थित ऐश्वर्य माध्यमिक विद्यालयका विद्यार्थीहरु विरामी पर्न थालेपछि चैत्र १६ गतेसम्मका लागि विद्यालयको पठनपाठन बन्द गरिएको हो ।

मौसम परिवर्तन भएसंगै विगत एक सातादेखि दैनिकजसो विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, वान्ता गर्ने, टाउको दुख्ने, एक्कासी मुर्छा पर्ने लगायतका लक्षण देखिन थालेको बताइएको छ ।

गाउँपालिका, वडा, स्वास्थ शाखा, विद्यालय व्यावस्थापन समिति र अभिभावकंगको समन्वयमा चैत्र १६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *