वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा : काङ्ग्रेस नेता बस्नेत

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा : काङ्ग्रेस नेता बस्नेत

अछाम :सुदुरपश्चिम् भ्रमणमा निस्कनु भएका
नेपाली काङ्ग्रेसका नेता तथा  पुर्व  वन मन्त्री
शिव बस्नेत लाई बिहीबार  काङ्ग्रेस अछामले स्वागत गरेको छ ।

नेपाली काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले नेता  बस्नेतलाई पाटी कार्यालयमा स्वागत गर्नुभएको थियो ।

उक्त स्वागत तथा  भेटघाट कार्यक्रममा बोल्दै नेता बस्नेतले  वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारका कारण लोकतन्त्र खतरामा पर्न थालेको बताएका छन् ।

ओली सरकार इतिहासकै भ्रष्ट सरकार भएको दावी गर्दै भ्रष्टाचारलाई संस्थागत गरेर लोकतन्त्रलाई नै खतरामा पारेको आरोप लगाए । बस्नेतले भने, ‘ यो सरकार काममा भन्दा नारामा मात्र सिमिति छ । त्यसैले जनता दिनप्रतिदिन निरास भइरहेका छन् ।’

लोकतन्त्रको धज्जी उडाउदै लोकतान्त्रिक पद्धति बिपरित हरेक क्रियाकलापहरु गरिरहेकाले यसका विरुद्ध नेपाली काङ्ग्रेस कहिल्यै पछी नहट्ने बताउनु भयो । उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका पाटी सभापति भरत कुमार स्वार ,उपसभापती नयाराम बजगाइ
नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं संगठन बिभाग केन्द्रिय सदस्य गणेश बहादुर बिष्ट ,क्षेत्रीय सभापति लक्ष्मण शाह,महाधिवेशन प्रतिनिधि अन्जु मल्ल ,पदमराज अधिकारी ,अछाम क्षेत्र नम्बर २ प्रदेश क का सभापति टंक बहादुर धामी ,मंगलसेन नगरपालिका नगर उप सभापति राजेश बाबु बोगटी ,नेपाल विद्यार्थी संघ अछामका अध्यक्ष नृप साउद,नेपाल महिला संघका सचीव पुर्णा शाह ,नेपाल प्रेस युनियन अछाम शाखाका सचिव सुशील भण्डारी लगायतको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *