चिसापानी-जङ्गलघाट सडक निर्माण आयोजना अघि बढाउन अन्तर प्रदेश स्थानीयतह बीच छलफल

चिसापानी-जङ्गलघाट सडक निर्माण आयोजना अघि बढाउन अन्तर प्रदेश स्थानीयतह बीच छलफल

सुशील भण्डारी ,अछाम :चिसापानी-सुर्खेत-जङ्गलघाट-तुर्माखाद कमलबजार -गैरिटाड सडक खण्डको बिषयमा अन्तर प्रदेश अन्तर्गत स्थानीयतह छलफल भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

पुर्ब सूचना तथा सञ्चार  राज्य मन्त्री तप्त बहादुर बिष्टको उपस्थितिमा तुर्माखाद गाउँपालिका र कर्णाली प्रदेश पन्चपुरी नगरपालिकाको सयुक्त टोलि बिच जुङ्गलघाटमा अन्तर प्रदेश अन्तर्गत स्थानीयतह छलफल भेटघाट गरिएको हो ।

सडक निर्माणकार्य प्रगतिको अवस्था,जङ्गलघाटको पुल निर्माणकार्य,
पन्चपुरी नगरपालिका क्षेत्र तर्फको जङ्गलघाटमा सडक जोडिएपछी पक्की पुल निर्माण नभए सम्म अल्पकालीन रूपमा आवतजावत गर्न गराउन दुबै पालिकाले कर्णाली नदिमा फेरि संचालनको लागि संयुक्त रूपमा तयारी गर्ने,तुर्माखाद गाउँपालिका वडा नम्बर ३ रावल्दे र पन्चपुरी न.पा.वडा नम्बर ७ धनबोट बल्दे कर्णाली,तुर्माखाद २ भुलु तादि र पन्चपुरी ७ लामाबगर लगायतका क्षेत्रमा झोलुङ्गे पुल निर्माण प्रक्रिया लगायतका बिषयमा साझारुपमा संघीय सरकार,कर्णाली प्रेदेश सरकार,सुदुरपशिम प्रदेश सरकार पन्चपुरी नगरपालिका र तुर्माखाद गाउँपालिकाले समन्वय गर्ने बिषयमा छ्लफल भएको तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताउनुभयो ।                                                                                  आयोजनाको विषयमा निरन्तर  ध्यानाकर्षण                                                                                                                                                             आफू निर्वाचित भएर आइसकेपछि चिसापानी-सुर्खेत-जङ्गलघाट-तुर्माखाद कमलबजार -गैरिटाड सडक खण्डको निर्माणको बिषय लाई लिएर गाउँपालिका प्रतिनिधि टोलिले स्वास्थ्य राज्यमन्त्री नवराज रावत,पुर्व सुचना तथा सञ्चार राज्य मन्त्री तप्त बहादुर बिष्ट,अछाम क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य माननीय यज्ञ बहादुर बोगटी ,रामबहादुर बिष्ट ,
काङ्ग्रेस नेता पुष्प बहादुर शाह ,नेकपा नेता बम बहादुर बिसि सहित कर्णाली प्रदेश सरकार ,सुदुरपश्चिम् सरकार र केन्द्र सरकारका भौतिक पुर्वाधार मन्त्री हरुलाइ भेटी सो आयोजनाको विषयमा ध्यानाकर्षण गराएको अध्यक्ष शर्माले बताउनुभयो ।

साथै उक्त आयोजना निर्माणको लागि कैलालीका माननीय सान्सद झपट रावल,सुदुर पश्चिम् प्रदेश सभा सदस्य एवं
विपक्षी दल नेपाली काङ्ग्रेसका संसदिय दलका नेता डाक्टर रण बहादुर रावलले पनि सम्बन्धि निकाय संग समन्वय सहकार्य गर्नु भएको थियो । भने सहयोगको प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

यो सडकको वातावरणिय प्रभाव मुल्यांकन( Eia इआए)समेत अन्तिम चरणमा रहेकोेले निर्माणकार्य छिट्टै प्रारम्भ हुने र आयोजना निर्माणमा सबैको साथ सहयोग हुने शर्माले बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पन्चपुरी नगरपालिका नगर प्रमुख उपेन्द्र थापा,तुर्माखाद गाउँपालिका उपाध्यक्ष अमृता बुढा,पन्चपुरि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रतन बहादुर बि.सि.,तुर्माखाद गाउँपालिका  वडा नम्बर ४ का अध्यक्ष कबिराम बयक,वडा नम्बर ३ का अध्यक्ष पदम बहादुर बि.सि.,वडा नम्बर २ अध्यक्ष शुभ राज जैशी,कार्यपालिका सदस्य दमन बहादुर घर्ति,दान बहादुर बयक,हिक्मत बहादुर बयक लगायत दुबै स्थानका सरोकारवालाहरुको उपस्थित रहेकोे थियो ।

अछामको मंगलसेनलाई तराईसँग जोड्ने छोटो दूरीको चिसापानी–जंगलघाट–मंगलसेन सडक केन्द्र तथा प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ का रुपमा राखेको यतिका  वर्ष भयो तर निर्माण सुस्त छ।

गाडी काठमा बाँधेर, काँधमा बोकेरै  मंगलसेन पुर्याउने हरिप्रसाद भण्डारी                                       अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले चिसापानी–जंगलघाट–मंगलसेन ट्याक्टर सडक भनेर राजा महेन्द्रसँग योजना माग गरेका थिए। राजाको पालामा सडकको योजना त बन्यो तर त्यसले पञ्चायत हुँुदै प्रजातन्त्र र अहिले गणतन्त्र आउँदासमेत मूर्त रुप पाएको छैन।

धनगढीबाट अछामसम्म झण्डै तीन सय किलोमिटर सडक छ। तर चिसापानी–जंगलघाट–मंगलसेन सडक बन्यो भने त्यो दूरी १ सय १० किलोमिटरमा छोटिनेछ। २०२८ सालमा अछाम जिल्ला पञ्चायतका सभापति हरिप्रसाद भण्डारीले कैलालीसँग सीमाना जोडिएको भारतको तीकुनियाबाट जिप किनेर त्यसलाई काठमा बाँधेर, काँधमा बोकेरै मंगलसेन ल्याएका थिए।

छोटो दुरिको मार्ग भएकोले अछाम बाजुरा दैलेख कर्णाली क्षेत्रका बासिन्दाको लागि उपयोगी हुने देखिन्छ भने यो सडक निर्माण भए यो क्षेत्रको सामाजिक,आर्थिक,पर्यटन क्षेत्रको बिकासको लागि कोशेढुङ्ग साबित हुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *