टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु’

टंक तिमिल्सिना र पशुपति खनालको ‘ए प्यारु’

काठमाडौं – गायक टंक तिमिल्सिना र गायिका पशुपति खनालको ‘ओए प्यारु छिटो बिहे गरु’ बोलको गीत सार्वजनिक भएको छ।

गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको गीत टंक तिमिल्सिना युट्यूब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा सामूहिक स्वर रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानको  निर्देशनमा तयार पारिएको भिडियो सम्पादन भने लक्ष्मण चौहानको रहेको छ ।

नेपाली गित संगीतको बजारमा एक पछि अर्को गीत बजारमा आईरहदा नयाँ सृजना पनि उत्तिकै बजारमा आइरहेका बेला ‘ए प्यारु छिटो बिहे गरु’ सार्वजनिक भएको हो ।

आईतबार सार्वजनिक गितलाई दर्शकले निकै रुचाएका छन् । यो समाचार तयार पार्दासम्म युट्युवमा  १ लाख    भन्दा बढिले हेरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *