जिउँदै मान्छे पुर्ने डोजर चालक प’क्राउ

जिउँदै मान्छे पुर्ने डोजर चालक  प’क्राउ

काठमाडौं: धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घ’टनाका दोषी जेसिबी चालक भीमबहादुर बुढाथोकीलाई प्रहरीले प’क्राउ गरेको छ । बुढाथोकीले गत फागुन १७ गते एक महिलालाई जि’उँदै पुरेका थिए ।

घ’टनापछि फ’रार बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट प’क्राउ गरी नेपाल ल्याएको हो । सिआइबीले शुक्रबार पत्रकार सम्मेलन गरी अभियुक्त प’क्राउबारे जानकारी दिएको हो ।

धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ मा रहेको खोल्सी भन्ने स्थानमा भित्री सडक सफा गर्दै गर्दा सोही स्थान बस्ने ४० वर्षीय सरस्वती कुमाललाई ठक्कर दिई घा’इते बनाएपछि खाल्डो खनेर पुरिएको थियो ।

घटनापछि धादिङबाट फरार भएका चालकलाई झण्डै ३ सातापछि भारतको हरिद्वारबाट प’क्राउ गरी नेपाल ल्याएको हो । यद्यपि सिआइबीले भने नेपाल भारत सिमाको गड्डाचौकीबाट प’क्राउ गरेको दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *