महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

महान्यायाधिवक्ता अग्नि खरेलले दिए राजीनामा

काठमाडौं :  महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । शुक्रबार पत्रकार सम्मेलनमार्फत उनले महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २०७४ साल फागुन ८ गते खरेललाई महान्याधिवक्तामा नियुक्त गरेकी थिइन्। खरेल प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम महान्यायाधिवक्तामा नियुक्त भएका थिए ।

 २०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उनी नेपाल बार एशोसिएसनका पूर्व महासचिवसमेत हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *