नेपाली सेना दिवसको अवसरमा अछाममा भएको  मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम बिजयी

नेपाली सेना दिवसको अवसरमा अछाममा भएको  मैत्रीपुर्ण भलिबल प्रतियोगितामा स्थानीय टिम बिजयी

सुशील भण्डारी, अछाम:महाशिवरात्रि तथा नेपाली सेना दिवस  २०७७ को उपलक्ष्यमा आयोजित मैत्रीपुर्ण भलिबल प्रतियोगितामा  अछाम स्थित स्थानीय टिम बिजयी भएको छ ।

नेपाली सेना भवानी बक्स  गण, अछामको  आयोजना र जिल्ला खेलकुद बिकास समितिको सहकार्यमा जिल्लामा कार्यरत राष्ट्र सेवक कर्मचारी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारी) VS अछाम स्थित स्थानीय टिम बिच संचालन भएको उक्त प्रतियोगितामा  जिल्लावासीको तर्फबाट खेल्ने टिम बिजयी भएको हो ।  गत वर्ष भएको मैत्रीपुर्ण भलिबल खेल पनि स्थानीय टिमले नै जितेको थियो ।

४ सेटमा भएको खेलमा ३ सेट स्थानीय टिम र एक सेट राष्ट्र सेवक कर्मचारीले जितेको हो । जसमा पहिलो सेट २५/२३, दोस्रो सेट २५/२३ र चौथो सेट २५/२१ स्थानीय टिमले र तेस्रो सेट १७/२५ ले राष्ट्र सेवक कर्मचारीले जितेको थियो । प्रत्येक वर्ष महाशिवरात्रि तथा सेना दिवस अवसरमा नेपाली सेना र स्थानीय जनताहरु बीचको समधुर सम्बन्ध मजबुत राख्न तथा स्थानीय खेलाडीहरु पहिचान गरि सेनामा भर्ना भइ राष्ट्र स्तरको खेल उकास्नका लागि  प्रोत्साहन गर्ने उद्देश्यले अछाममा मैत्रीपुर्ण खेल हुने गर्दछ ।

स्थानीय टिमले हात पारेको ट्रफी जिल्ला खेलकुद बिकास समितिको कार्यालयमा राखीएको छ । मैत्रीपुर्ण खेल लगातार तीन वर्ष जितेमा उक्त ट्रफी बिजेता टिमले राख्ने प्रावधान रहेकोे छ । उक्त कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्र बहादुुर
मल्ल रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिले बिजेता टिमलाई अछाम मैत्रीपुर्ण भलिबल रनिङ  शिल्ड, मेडल तथा प्रमाणपत्र हस्तान्तरणका साथै रेफ्रीहरु र उद्घोषकलाइ नगद सहिद प्रसंसापत्र हस्तान्तरण गर्नु भएको थियो  भने जिल्ला खेलकुद बिकास समिति अछामका प्रमुख हर्क बहादुर साउदले उप बिजेता टिमलाई मेड्ल  तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *