अर्थमन्त्री र उद्योगमन्त्री सहभागी कार्यक्रममा स्थानीयले गरे ढुंगामुढा

अर्थमन्त्री र उद्योगमन्त्री सहभागी कार्यक्रममा स्थानीयले गरे ढुंगामुढा

औद्योगिक क्षेत्रको सिलान्यास गर्न रुपन्देही पुगेका अर्थमन्त्री विष्णू पौडेल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम स्थलबाट लखेटिएका छन् ।

शुक्रबार मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुगेका मन्त्रीद्वय पौडेल र भट्टलाइ स्थानीयले ढुंगामुढा गरेका  छन। अवस्था तनावपुर्ण बनेपछि  मन्त्री पौडेल र मन्त्री भट्ट कार्यक्रमबाट दुई दुई मिनेट पनि भाषण नगरि हिडेका छन ।

स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए । त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *