कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल

कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल

कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ६० हजार टन मल नेपाल भित्रिएको छ ।

स्विस सिंगापुर कम्पनीसँग खरिद गरेको ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीसँग खरिद गरेको ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याइएको हो । दुई साताअघि कम्पनीले २५ हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत गरिसकेको छ ।

एक महिनायता ५५ हजार टन युरिया र ३० हजार टन डीएपी मल भित्रिएकोले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । सरकार सरकारका बीचमा भएको सम्झौता अनुसार बंगलादेशबाट आउन लागेको २२ हजार ५ सय टन युरिया मल अर्कोसाता मात्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *