बसको ठक्करबाट शाहीको ज्यान गयो

बसको ठक्करबाट शाहीको ज्यान गयो

बाँकेको कोहलपुरमा मंगलबार बिहान बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको ज्यान भएको छ ।

जिल्लाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुर नगरपालिका ३ किरणनालामा बसले मोटरसाईकललाई ठक्कर दिदा बिरेन्द्र शाहीको ज्यान गएको हो । पश्चिम जाँदै गरेको भे १ ख २२३९ नम्बरको बस र पूर्वबाट आउँदै गरेको भे १० प ५६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा कोहलपुरका शाहीको ज्यान गएको हो ।

मोटरसाइकल चालक कोहलपुर नगरपालिका ३ का २५ वर्षिया हुन् । उनको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख राजु भण्डारीले बताए । तीब्र गतिमा रहेको बसले मोटरसाइकलसँगै बैजनाथ गाँउपालिका २ का २१ वर्षिय प्रदिप आचार्य र कोहलपुर नगरपालिका ३ का पैदलयात्री १९ वर्षिय प्रकाश महतरालाई समेत ठक्कर दिएको थियो ।

ठक्करबाट एक जनाको भने अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसार बस चालक र बसलाई नियन्त्रणमा लिइ सकेको छ । यतिबेला त्यहाँको अवस्था तनावपूर्ण रहेको छ । किरणनाला स्थानियले टायर बालेर सडक चक्काजाम गरेका छन् । सडक अवरुद्ध गरेपछि त्यहाँको स्थिती तनावग्रस्त भएको छ ।

यसअघि सोमबार बेलुका टिप्परको ठक्करबाट बाँकेको कुशुममा एक जनाले ज्यान गुमाएका थिए । मोटरसाईकलमा रहेको दाजुभाईलाई टिप्परले ठक्कर दिदाराप्तीसोनारी गाँउपालिका ५ बस्ने वर्ष २५ का ढकबहादुर खड्काको ज्यान गएको थियो भने उनका दाजु वर्ष ३५ का मान बहादुर खड्का गम्भीर घाईते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *