बिरपथ स्वास्थ्य चौकी अन्तर्गत बर्थिङ सेन्टरको भवन उद्घाटन

बिरपथ स्वास्थ्य चौकी अन्तर्गत बर्थिङ सेन्टरको भवन उद्घाटन

भानुभक्त ढकाल, अछाम :कमलबजार नगरपालिका अन्तर्गत वडा नम्बर ६ को बिरपथमा नवनिर्मित बर्थिङ सेन्टरको एक कार्यक्रमका बिच आज आइतबार उद्घाटन गरिएको छ

सुदुरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय र कमलबजार नगरपालिकाको गत आ.ब. मा बिनियोजित कुल पच्चीस लाख लागतमा निर्मित उक्त बर्थिङ सेन्टरको सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय सांसद बल बहादुर सोडारीले उद्घाटन गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद बल बहादुर सोडारी ले बिरपथ भौगोलिक रुपमा अत्यन्त बिकट एबम पिछडिएको क्षेत्र भएकोले यहाको बिकासका लागि आफु अत्यन्त गम्भीर रहेको बताउनु हुँदै, छिट्टै यो क्षेत्रकाे बिकासकाे आफू सधैं प्रतिबद्ध रहेको प्रतिबद्दता ब्यक्त गर्नुभयो।

बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति अछामका उपसभापति नयाँराम बजगाइले यस क्षेत्रका महिलाले प्रसुती सेवाका लागि भोग्नु परेको सास्ती बर्थिङ सेन्टरको सन्चालन सङ्गै अन्त्य भएको र निकट भविष्यमा यसको स्तरोन्नती एबम आवश्यक जनशक्ती ब्यवस्थापन गरि प्राथमिक स्वास्थ्य सेवा समेत यहीँबाट उपलब्ध गराउनको लागि सबै तहका सरकारहरु पहल गर्नु पर्ने बताउनु भयो ।

त्यस्तै अर्का विशिष्ट  अतिथि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले प्रसुती सेवामा जनशक्ती ब्यवस्थापनका लागि जिल्ला स्वास्थ्य कार्यालय अछाम बाट हुने सम्पुर्ण सहयोग लागि आफू तत्पर रहेको बताउनु भयो ।

वडा नम्बर ६ का वडा अध्यक्ष एवम स्वास्थ्य व्याबस्थापन समिती अध्यक्ष राम बहादुर शाहले वार्ड स्वास्थ्यमा यहाका जनताले धेरै सास्ती भोग्नुपरेकोले आफ्नो पहिलो प्राथमिकतामा स्वास्थ्य नै रहेको र त्यसका साथसाथै शिक्षा स्वास्थ लगायतका सेवाको बिस्तारका लागि आफू कटिबद्द भै लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुहुदै कार्यपालिका बैठकहरुमा समेत नियमित रुपमा यहाँका जनताले भोगिरहेको सास्ती तथा दु:खका बारेमा निरन्तर ध्यानाकर्षण गराइरहेकोले यहाँको बिकासका लागि ढुक्क हुन जनतालाइ आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका जिल्ला कमिटी सदस्य कर्ण बहादुर शाही, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य धिरेन्द्र बहादुर शाही, नेपाल मजदुर किसान पार्टी जिल्ला अध्यक्ष झंकर बहादुर शाही, कात्यायनी मा बिका प्र अ लाल बहादुर शाह लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो

उक्त बर्थिङ सेन्टर निर्माणका लागि जग्गा दान गर्नु हुने रबिन्द्र बहादुर शाहिलाइ दोसल्ला ओढाइ र कदर पत्र प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रम स्वास्थ्य चौकीका इन्चार्ज आशिका तामाङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बिरपथ स्वास्थ्य चौकी अ हे व हेमन्त कुमार शाहीले सन्चालन गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *