संसद बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

संसद बैठक बोलाउने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं :  सर्वोच्च अदालतले संसद पुनः स्थापनाकाे फैसला सुनाएसँगै सरकार संसद अधिवेशन बोलाउने तयारीमा लागेकाे छ । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद बैठक आव्हान गर्न सिफारिस गर्न लागेको आफु निकट नेताहरुलाई बताएका छन् ।

ओली निकट नेता तथा नेकपा ओली पक्षबाट प्रमुख सचेतकको जिम्मेवारी पाएका विशाल भट्टराईले प्रधानमन्त्री ओलीसँगको भेटमा आगामी फागुन २३ गतेभित्र संसद बैठक बोलाउन प्रधानमन्त्री सकारात्मक भएको आफुले पाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *