सरकारले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सच्यायो

सरकारले कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सच्यायो

सरकारले कोरोना भाइरस कोभिड १९ सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सच्याएको छ ।

मृत्यु हुनेको सङ्ख्यामा हिजो एकै दिन ६ सय १८ जना थप गरिएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा भन्दा थप ६ सय १८ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि सरकारले कोरोनाबाट मृत्यु हुनेको वास्तविक तथ्याङ्क लुकाएको आरोप लाग्दै आएको थियो । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ हजार ६ ८४ पुगेको छ ।

बुधबार भने कोरोना सङ्क्रमणका कारण १ जनाको मृत्यु भएको छ । यसैबीच, मन्त्रालयका अनुसार हालसम्म ४ लाख २९ हजार ७ सय ५ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । पहिलो चरणको खोप अभियान माघ १४ गते सुरु भएको थियो । दोस्रो चरणको खोप अभियान फागुन २३ गतेदेखि सुरु हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *