प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसला मानेर जाने तर तत्काल राजीनामा नदिने बताएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सामाजिक सञ्जाल मार्फत् त्यस्तो प्रतिक्रिया सार्वजनिक गरेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुनेछैन’ उनले लेखेका छन् । अदालतको फैसलाबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नरहेको पनि उनको तर्क छ ।

प्रधानमन्त्री ओलीले अदालतको फैसला पछि रणनीतिक छलफल सुरु गरे छन् । गएराती अबेरसम्म निकटस्थहरुसँग छलफल गरेका ओलीले बुधबार बिहान पार्टीको स्थायी कमिटी बोलाएका छन् । स्थायी कमिटी बैठकले सबैकुरा छलफल गर्ने र त्यसै अनुसार अगाडी बढने नेता आनन्द पोखरेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *