मेलम्चीखानेपानीआयोजनाको सुरुङ पुनः परीक्षण गरिँदै

मेलम्चीखानेपानीआयोजनाको सुरुङ पुनः परीक्षण गरिँदै

बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा पानी भरेर पुनः परीक्षण गरिँदैछ ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक प्राविधिक सहित सम्पूर्ण काम पूरा गरेसँगै आयोजनाको सुरुङमा पानी हालेर परीक्षण गरिने भएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम राखेर पानीभर्न सुरु गरिने बताइएको छ ।

खानेपानी मन्त्री मणीचन्द्र थापाले स्विचथिचेर परीक्षण गर्ने विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए । गत असारमै सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं. १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *