सरकारले बाढी पहिरोबाट पूर्ण क्षतिभएकाहरुको घर बनाइदिने

सरकारले बाढी पहिरोबाट पूर्ण क्षतिभएकाहरुको घर बनाइदिने

सरकारले बाढी पहिरोबाट पूर्ण क्षतिभएका घर बनाइदिने भएको छ ।

भुकम्प प्रभावितलाई जस्तै बाढी पहिरो प्रभावितका घर पुर्ननिर्माणका लागि सरकारले अनुदान दिने व्यवस्था गरेको छ ।

२०७७ सालको जेष्ठ ३० गतेपछिका बाढी पहिरो प्रभावितहरुको घर पुर्ननिर्माण तथा पुर्नस्थापनाका लागि सरकारले कार्यविधि बनाएर अनुदान उपलब्ध गराउने भएको हो । राष्ट्रिय विपद् जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोबाट क्षतिग्रस्त निजी आवासलाई सुरक्षित तरिकाले मर्मत, प्रवलीकरण, पुर्ननिर्माण र पुर्नस्थापनागर्ने कार्यलाई व्यवस्थितगर्न बनाइएको कार्यविधिलागु भइसकेको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले बताए ।

सरकारले बनाएको मनसुनजन्य विपदबाट प्रभावितनिजीआवास पुर्ननिर्माण तथा पुर्नस्थापना अनुदान कार्यविधि २०७७ गत पुस २६ गते कार्यकारी समितिले पारित गरेको थियो । अनुदान प्रयोजनका लागि हुने लागत मध्ये स्थानीय तहमा महानगरपालिका उपमहानगरपालिकाले २० प्रतिशत, नगरपालिकाले १५ प्रतिशत र गाउँपालिकाले १० प्रतिशत व्यहोर्ने कुरा कार्यविधिमा व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *