चरीबाघको छालासहित तीन जना प्रहरीको नियन्त्रणमा

चरीबाघको छालासहित तीन जना प्रहरीको नियन्त्रणमा

ईलाका प्रहरी कार्यालय कोहलपुरले पुनः अर्काे सफलता प्राप्त गरेको छ ।

आईतबार ईप्रकाले २ थान चरीबाघको छालासहित तीन जनालाई नियन्त्रणमा लिएसँगै अर्काे सफलता पाएको हो । बाँकेको राप्तीसोनारी गाउँपालिका, १ कुसुम नजिकैबाट ईप्रका प्रहरीले २ थान चरीबाघको छालासहित तीन जनालाई नियन्त्रणमा लिएका इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले बताएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीको बिशेष टोलीले आइतबार साँझ चरीबाघको छालासहित तीन जनालाई पक्राउ गरेको हो । अवैध रुपमा वन्यजन्तुको चोरी सिकार तथा बेचबिखन भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले चरीबाघको छालासहित तीन जनालाई पक्राउ गर्न सफल भएको डिएसपी रबिन्द्र खनालले बताए ।

पक्राउ पर्नेहरुमा कुमाख गाउँपालिका ७ सल्यान २३ का कमल डि.सि, जिल्ला सल्यान बाघचौर नगरपालिका ३ बस्ने बर्ष ३१ का जित बहादुर डि.सि र सल्यानकै कुमाख गाउँपालिका ३ बस्ने बर्ष २४ का हिमेन्द्र वलि रहेका छन् । चरीबाघको दुई छालामध्ये एउटा अली ठूलो र अर्को सानो रहेको छ । उनीहरुको साथबाट तीन थान मोबाइल समेत बरामद गरिएको छ ।

चरीबाघको छालासहित पक्राउ परेका तीनै जनालाई सोमबार आवश्यक कारवाही तथा थप अनुसन्धान लागि बाँके राष्ट्रिय निकुञ्जमा पठाउने खनालले जानकारी दिए । कोहलपुर क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नको लागि डिएसपी खनालको सक्रियतामा विभिन्न अपराधिक गतिविधि रोकथामका प्रयासहरु भैरहेका छन् । यस अघि ईलाका प्रहरी कार्यालयले थुप्रै सफलता हासिल गरिसकेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले बेसाहरा मानवरहित सड्क अभियानलाई सार्थक बनाउन आफ्नो वडा एरिया अन्तरगत सड्कमा बेसाहरा अवस्थामा रहेका मानिसहरुको व्यबस्थापन तथा उद्धार गर्ने कार्यलाई प्राथमिकतामा राखी काम कारवाही गरि रहेको छ । यस्तै ईलाका प्रहरी कार्यालयकै सक्रियतामा

जानकी गा.पा.वडा नं.६ पिप्रहवा चोक स्थित भन्सार छली चोरी निकासी गरी ल्याईएका बेवारिसे अवस्थामा छोडिएका सामानहरु ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको थियो । चोरीका घटना बढेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले संग्लनहरुलाई नियन्त्रणमा लिन अप्रेशन चलाएको छ । सोही क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संग्लन एउटा गिरोहलाई नै पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *