कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन – संग्रौला

कांग्रेस चुनावबाट नभाग्ने तर संविधान मिचेर गरिने कुनै पनि निर्णय काङ्ग्रेसलाई मान्य हुने छैन – संग्रौला

नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवंम महिला नेतृ डा . डिला संग्रौलाले वर्तमान सरकार निरंकुशताको बाटोमा अग्रसर भइरहेको बताउनु भएको छ । संसद् विगठन असंवैधानिक र प्रतिगामी कदम भएको बताउदै त्यसका लागि कांग्रेसले आन्दोलन समेत गरिरहेको बताउनु भएको छ । उहाँले बैशाखको निर्वाचन केपी ओली सरकारले गर्न नसक्ने दाबी गर्नुभयो । उहाँले रास्ट्रबादी भन्निने नेकपा नेता भिम रावलले अछामी जनतालाई झुटको खेती गरेर जनतालाइ धोका दिएको बताउनु भएको छ ।

उहाँले भिम रावललाइ गृहमन्त्री मन्त्री हुदा कति जना अछामी जनतालाइ स्वरोजार दिनु भयो ? भन्दै प्रश्न गर्नु भयो । साथै अहिले पनि भिम रावल कुर्चिका लागि सडकमा आन्दोलन गरिहेको बताउनु भयो । नेपाल महिला संघ क्षेत्र. न. २ को प्रथम क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिको आसन बाट बोल्दै नेतृ संग्रौलाले देशमा महिलामाथि दिनानुदिन हुने बलात्कार र हत्याको दुःखद् घडीमा महिला जागरुक बनेर सम्बद्ध निकायको ढोका घच्घच्याउँदै सरकार र समाजलाई खबरदारी गर्नुपर्ने उहाँको भनाइ छ ।

निर्मला पन्त लगायतका घटनाका दोषीलाई सरकारले कानुनी दायरामा ल्याउन नसक्दा सरकारले नै दोषीलाई संरक्षण गरिरहेको त छैन भनेर आशंका पैदा भएको उहाको भनाइ छ । महिला संघ क्षेत्र. न. २ कि सभापति भुमिसरण ढकाल बजगाँई को सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै पुर्ब पाटी सभापति मेघराज खड्काले प्रधानमन्त्री ओली सरकारले गरेको प्रतिनिधि सभा विघटन प्रतिगामी र अलोकतान्त्रिक कदम भएको बताउनु भएको छ । नेता खड्काले  देशको समृद्धि को लागि काङ्ग्रेस को विकल्प नरहेको बताउनुभयो ।

कार्यक्रममा महिला संघका केन्दिय कोषाध्यक्ष जानकी सिंह, संगठन केन्द्रिय बिभाग सदस्य गणेश बिस्ट, महिला संघका जिल्ला अध्यक्ष अनुराधा स्वाँर, माहाधिबेसन प्रतिनीधि सुरत बहादुर बिस्ट, बैतडी क्षेत्र. न. २ सभापती तेज चन्द , महाधिवेशन प्रतिनिधि कमल बिक , नेपाल विद्यार्थी संघ बैतडी का सभापति कपिल केसि ले मन्तव्य राख्नु भएको थियो । ढकारी गाउपालिका उपाध्यक्ष एबम महिला नेतृ लक्ष्मी साउदको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन महिला संघका सचिव पुर्णा शाहाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *