काङ्ग्रेसको अगुवा कार्यकर्ता भेटघाट एवं शुभकामना आदान प्रदान कार्यक्रम जनाली बण्डालिमा सम्पन्न

काङ्ग्रेसको अगुवा कार्यकर्ता भेटघाट एवं शुभकामना आदान प्रदान कार्यक्रम जनाली बण्डालिमा सम्पन्न

अछाम :नेपाली काङ्ग्रेस मंगलसैन नगरपालिका वडा नम्बर ६ र ७ को संयुक्त आयोजनामा ७१ औं प्रजातन्त्रको अवसरमा अगुवा कार्यकर्ता भेटघाट एवम शुभकामना आदान प्रदान कार्यक्रम मंगलसैन नगरपालिका वडा नम्बर ७ जनालि बण्डालीमा सम्पन्न भएको छ ।

वडा नम्बर ७ का वडा सभापति पदम बहादुर थ्यायतको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पाटी सचिव नमबहादुर शाही रहनु भएको थियो ।

प्रमुख अतिथिको आसन बाट बोल्दै शाहिले नेपाली काङ्ग्रेसका लागि प्रजातन्त्र जीवनमरणको सवाल भएकोले यसलाई कसैले मास्न नसक्ने बताएका छन् ।
नेपाली काङ्ग्रेसले प्रजातन्त्र प्राप्तिका लागि विसं २००७ को मा ठुलो क्रान्ति गरेकोले यसको रक्षा गर्न पनि नेपाली काङ्ग्रेस सदैव तयार रहेको बताए ।

साथै उहाले नेपाली काग्रेसको बिचार र सिद्धान्तका आधारमा अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली काङ्ग्रेस अछामका पाटी सहसचिव
एवंम प्रबक्ता वेदप्रकाश तिमिल्सैनाले १०४ बर्सिय एकतन्त्रीय राणा शासनको अन्त्य गरि स्थापना गरेको प्रजातान्त्र माथी लाई वर्तमान कम्युनिस्ट सरकारले लात हानिरहेको बताए । नेपाली काङ्ग्रेस जनताको पाटी भएकोले जहिले पनि लोकतन्त्रको पक्षमा बोलिरहेको बताए ।

प्रधानमन्त्री केपि वलि र रास्ट्रपति बिधादेबि भण्डारीले  संविधानमा संसद विघटन गर्न पाउने अधिकार नहुँदा पनि तानाशाही  रूपमा  संसद विघटन गरेर  ठुलो गल्ती गरेको बताउनुभयो । संसद बिगठन कार्य  असंबैधानिक र अलोकतान्त्रिक भएकोले यसका विरुद्ध नेपाली काङ्ग्रेस सडकमा आएको बताउनु भयो ।

त्यस्तै विशिष्ट अतिथिको आसन बाट बोल्दै क्षेत्रीय सभापति लक्ष्मण शाहीले
लोकतन्त्र  ल्याउनका लागि गरिएको जनताको योगदानको कदर नै नगरी संसद विघटन गर्नु अलोकतान्त्रिक पद्धती भएकाले तत्काल यो निर्णय सच्याउन आग्रह गरेका छन् ।  देशलाई कसरी समृद्ध गर्ने भन्ने सवालमा नेपाली काङ्ग्रेस लोकतन्त्र, जनाधिकार र हरेक क्षेत्रमा नागरिकको अधिकार सुनिश्चित गर्ने कुरालाई लिएर अगाडि बढिरहेको बताए ।

कार्यक्रममा काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य जनकराज भण्डारी ,लालबहादुर बिष्ट ,नगर सभापति पुष्पराज भण्डारी ,मंगलसेन नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सिद्धराज ढुंगाना ,शिक्षक संघ प्रदेश प्रतिनिधि हर्क बहादुर बिष्ट ,नेपाल प्रेस युनियन जिल्ला शाखा अछामका उपाध्यक्ष नमराज भण्डारी ,सचिव सुशील भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मंगलसेन नगरपालिका वडा नम्बर ६ वडा कार्यसमिति सभापति हेमराज भण्डारीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन जनक जैसिले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *