क्यान्सर पीडित बयकको उपचारको लागी सहयोग अभियान चलाउदै युवाहरु

क्यान्सर पीडित बयकको उपचारको लागी सहयोग अभियान चलाउदै युवाहरु

अछाम जिल्ला ढकारी गाउपालिका वडा नम्बर २ निवासी २७ बर्षका रमेश बयकको पाचन प्रणाली ,फोक्सो ,र बायाँ मिर्गौलामा क्यान्सर भै लामो समय देखि भारतको हैद्राबाद स्थित एउटा अस्पतालमा  उपचार भैरहेको छ ।

आर्थिक अबस्था निकै  कमजोर भइ उपचार गर्न समस्या भइरहेको अबस्थामा समाज प्रति सकारात्मक सोच राख्ने,सधै सामाजिक कार्यहरुमा अग्रसर हुने सामाजिक अभियान्ता ढकारी गाउपलिका वडा नम्बर २ घर भइ हाल कैलाली को लम्की चुहा नगरपालिकामा अध्यनको सिलसिलामा आफ्नो शैक्षिक अध्यन लाई अगाडि बढाइरहेका सागर रिमाल र सोही गाउपालिका वडा नम्बर ३ घर भै हाल सुर्खेतको बिरेन्द्रनगर मा अध्यनको सिलसिलामा रहेका कमल बुढाले क्यान्सर पीडित बयकको उपचारको लागी संयुक्त रुपमा आर्थिक सहयोगको अभियान नै चलाएकाछन ।

देश तथा बिदेशमा रहेका सम्पुर्ण दाजुभाइ हरु बाट सहयोगको आग्रह गरि संयुक्त प्रयासमा सेवा नै धर्म हो भन्ने उदेश्यका साथ आफू हरुले २८ हजार आर्थिक रकम संकलन गरेको कमल बुढाले बताए ।
साथै उक्त रकम बयकको खाता मार्फत भारत पठाइसकिएको बुढाले बताए ।

आफ्नो पढाई लाई थाती राख्दै बयक लाइ बचाउ हामी हरु दिन रात अभियान मार्फत सहयोग मागिरहेका छौँ अर्का अभियान्ता सागर रिमाल भने ।

साथै आफुहरुलाइ बिश्वास गरि विभिन्न माध्यम बाट सहयोग गर्नुहुने सम्पुर्ण महानभावहरुलाइ उनिहरुले धन्यवाद समेत दिएकाछन ।

बयकको उपचारको लागि सहयोग गरिदिन सम्पुर्ण सहयोगि मनहरुलाइ हार्दिक अपिल समेत गरेकाछ्न ।
सहयोगि मनहरुले तपशिलको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ ।

सम्पर्कको लागि
सागर रिमाल लम्की कैलाली
९८६८८०६६२५
कमल बुढा ,सुर्खेत ९८६६६१०७८१

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *