काङ्ग्रेसले गर्‍यो : ओली निकट नेकपाबाट साउद र संग्रौलामाथी भएको आक्रमणको निन्दा

काङ्ग्रेसले गर्‍यो : ओली निकट नेकपाबाट साउद र संग्रौलामाथी भएको आक्रमणको निन्दा
ओली निकट नेकपाबाट साउद/संग्रौलामाथीको आक्रमणको निन्दा, सत्ता उन्माद नदेखाउन चेतावनी

उनले डिलासैनी घटना निन्दनीय भएको भन्दै सत्ता उन्माद प्रस्तुत नगर्न नेकपा नेता कार्यकर्ताहरुलाई चेतावनी दिएका छन् ।
बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के।पी। शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही कार्यकर्ताहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको काँग्रेसले जनाएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको काँग्रेसको दाबी छ ।
काँग्रेसले बिज्ञप्तीमा भनेको छ, ‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *