अछाममा नेकपा परित्याग गरि तीन दर्जन बढी नेताकार्यकर्ताहरु काँग्रेसमा प्रवेश

अछाममा नेकपा परित्याग गरि तीन दर्जन बढी नेताकार्यकर्ताहरु काँग्रेसमा प्रवेश

अछाम :नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी तीन  दर्जन बढी नेताकार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

अछामको ढकारी गाउँपालिकाका उनिहरु काङ्ग्रेस नेता एवं ढकारी गाउँपालिका अध्यक्ष  धनबहादुर बुढाको पहलमा  नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाइ आज एक कार्यक्रमका बीच नेपाली काङ्ग्रेस अछामको पाटी कार्यालयमा नेपाली काङ्ग्रेस सभापति भरत कुमार स्वार,पुर्व पाटी सभापति मेघराज खड्का ,पुष्प बहादुर शाहले ऊनीहरुलाइ फुल माला र अबिर लगाउदै पाटिमा स्वागत गरेका थिए ।

पाटी प्रवेश गर्दै नवप्रवेशिहरुले ‘लामो समय कम्युनिष्ट पार्टीमा त्याग गरियो, तर उनीहरु जनताप्रति कत्ति पनि उत्तरदायी नभएको महसुस गरेपछि नयाँ उर्जासहित काम गर्न नेपाली कांग्रेसमा आवद्ध भएको बताए ।

‘जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने आज आएर महसुस भएको प्रवेशीहरुको भनाइ छ

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *