एक लाख ७१ हजारले लगाए कोरोनाविरुद्धको खोप

एक लाख ७१ हजारले लगाए कोरोनाविरुद्धको खोप

भारत सरकारले अनुदानमा उपलब्ध कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म १ लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।

यही माघ १४ गतेदेखि लगाउन सुरु गरिएको खोप अहिले ७७ वटै जिल्लाका २०१ वटा खोप केन्द्रबाट अग्र पङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

आजसम्म प्रदेश नं. १ मा २३ हजार ८२ जना, प्रदेश नं. २ मा २२ हजार ७५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९४२ जना, गण्डकी प्रदेशमा १७ हजार ३१५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८९८ जना, कर्णाली प्रदेशमा ८ हजार ६८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनालाई खोप दिइएको छ । यही माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए । मन्त्रालयले पहिलो चरणमा प्राथमिकता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *