आईपीएलः सन्दीपसहित यी ८ खेलाडिकाे नाम अक्सनमा

आईपीएलः सन्दीपसहित यी ८ खेलाडिकाे नाम अक्सनमा

काठमाडौं : : इन्डियन प्रिमियर लिग आईपीएलकाे १४ औं संस्करणका लागि ८ नेपाली खेलाडीले नाम दर्ता गराएका छन । आसन्न सिजनको आईपीएल अक्सनमा नाम दर्ता गराउने ८ खेलाडिकाे नाम नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ ।

क्यानका अनुसार १४ औं संस्करणकाे आईपीएलका नेपालबाट सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भडारी करण केसी र अविनाश बोहराले अक्सनमा नाम दर्ता गराएका हुन् ।

आईपीएलका लागि नेपालबाट ८ खेलाडीसहित जम्मा १ हजार ९७ खेलाडी दर्ता भएका छन् । जसमा ८१४ जना भारतीय खेलाडी छन् भने २८३ जना विदेशी खेलाडी छन् । आईपीएलको अक्सन १८ फेब्रुअरीमा चेन्नईमा हुनेछ । दर्ता भएका खेलाडी मध्ये २७ जना एसोसिएट देशका छन् ।

यसअघि आईपीएलमा सहभागी टिमले खेलाडी रिटेन र ट्रेड गरेका थिए । अब टिममा आवश्यक पर्ने खेलाडी अक्सनबाट लिनु पर्नेछ । जसमा किंग्स-११ पञ्जावमा ९ खेलाडीको कोटा बाँकी छ । ९ मध्ये ५ जना विदेशी खेलाडी राख्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *