टी-१० लिग: पुणेकाे दाेस्राे हार, करणले लिए गेलकाे विकेट

टी-१० लिग: पुणेकाे दाेस्राे हार, करणले लिए गेलकाे विकेट

काठमाडौं: युएइमा जारी चौथो संस्करणको आबुधाबी टी-१० लिगमा नेपाली खेलाडि करण केसीआवद्ध पुणे डेभिल्सले लगातार दाेस्राे हार बेहाेरेकाे छ । आइतबार भएकाे पहिलाे खेलमा डेभिल्स आबुधाबीससँग ५ विकेटले पराजित भएको हाे ।

पुणेले दिएको १ सय ३० रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो । उसका लागि जो क्लार्कले २९, पउल स्टर्लिङले २३, बेन डकेटले २०, जिमी ओभरटनले अविजित ३८ र क्रिस गेलले ९ रन बनाए ।

बलिङमा हार्दुस भिल्जयोइनले तीन, अहमद राजा र करण केसीले एक/एक विकेट लिए । करणले आज आफ्नो पहिलो ओभरको पहिलो बलमै क्रिस गेलको विकेट लिए । उनले गेललाई बोल्ड आउट गरेका थिए । करणले आज पनि एक ओभर मात्र बलिङ गर्न पाए । उनले एक ओभरमा एक विकेटसहित १८ रन दिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पुणेले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर १ सय २९ रन बनायो । उसका लागि कोहलर क्याडमोरले शानदार ब्याटिङ गरे । उनले २४ बलमा ५ चौका र ५ छक्कासहित अविजित ६० रनको योगदान दिए । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

त्यस्तै, चाडविक वाल्टनले २३, एलेक्स डेभिसले ९, केन्नर लुईसले ५ र डेभोन थोमसले २१ रन बनाए । पहिलो इनिङ्समा पुणेका ब्याट्सम्यानले ९ छक्का र ९ चौका प्रहार गरे ।  बलिङमा ओबेद म्याकोयले दुई र रोहन मुस्तफाले एक विकेट लिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *