वडा अध्यक्षको ह’त्यारा पत्ता लगाई छा’नबिन गर्न सर्बपक्षिय भेला

वडा अध्यक्षको ह'त्यारा पत्ता लगाई छा'नबिन गर्न सर्बपक्षिय भेला

माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्व’र्गीय पदम बहादुर धामीको वि’भत्स ह’त्याको छा’नविन गर्न सर्वपक्षिय भेला सम्पन्न भएको हो । मानव अधिकार तथा शान्ती अछामको आयोजनामा तथा अछामका सभापति हिक्मत बहादुर धामकिो अध्यक्षतामा भएको कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख देवराज देवकोटा प्रमुख अतिथी रहनुभएको थियो ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नगर प्रमुख देवकोटाले गत माघ २० गते पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष स्व’र्गीय पदम बहादुर धामीको वि’भत्स ह’त्याको छा’नविनको लागी आफु र सिँगो नगर लागिपरेको बताउनुभयो । नगर प्रमुख देवकोटाले कुनैपनि राजनितिक दलले दल नहेरेर सहयोग गरिरहेको र प्रहरीको अ’नुसन्धान टोलीले पनि शुक्ष्म अध्ययन गरिरहेको समेत बताउनुभयो ।

कार्यक्रममा कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश विष्टले प्रहरीको अ’नुसन्धान टोलीले अहिले सम्म गरेका क्रियाकलापको जानकारी गराउनुपर्ने बताउनुभयो । नेकपा जिल्ला कमिटी अछामका सदस्य बखत बहादुर कडायत र पन्चदेवल विनायक नगरपालिका वडा नम्बर २ कावडा कमिटी अध्यक्ष कृपा बहादुर धामीले मानव अधिकार तथा शान्ती अछामले आज गरेको कार्यक्रम फाल्गुन २१ र २२ गते गरिसक्नु पर्ने र आजको कार्यक्रम असाध्यै ढिला भएको धारणा राख्नुभयो ।नेपाली काँग्रेस अछामका क्षेत्रिय सभापति लक्ष्मण बहादुर शाहले गत माघ २ गते भएको वडाध्यक्षको ह’त्याको यथासिघ्र छा’नविन गर्नको लागी मानव अधिकारबादी संस्थाहरुले सहयोग गर्न आग्रह गनुृभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर २ अछामक सचिब टंक बहादुर धामी र पि’डित परिवारक सदस्य दिपेन्द्र बहादुर धामीले पि’डित परिवार संग कुनै सल्लाह नै नगरी नगर कार्यपालिकाले नगरपालिका बन्द गरेको र आफै नगरपालिकाको सेवा सुचारु गर्ने कुरा अगाडी बढाउनु भनेको ला’ज्यास्पद कुराभएको बताउनु भएको थियो । पिडित परिवारको तर्फबाट स्वर्गिय धामीका भाई राम बहादुर धामीले मानव अधिकार तथा शान्ती समाज अछामलाई ह’त्यारा पत्ता लगाई पि’डितलाई न्याय दिनु भन्दा पनि नगरपालिका खोल्ने कुरामा मानव अधिकार तथा शान्ती समाज चिन्तीत रहेको होकि भन्ने दुखेसो पोख्नुभयो ।

कार्यक्रममा कमलबजार् नगरपालिकाका नगर उप प्रमुख भूमिशरण ढकाल बजगांई, पन्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष पूर्ण बहादुर रावल, नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका सदस्य शिबराज खत्री, जाल्पेश्वरी माद्यामिक विद्यालय कुईकाका प्रधानाध्यापक नवराज न्यौपाने,समाजसेवी नवराज देवकोटा,महेन्द्र विष्ट लगायतले छलफलमा आ आफ्नो धारणा राखेका थिए । यस्तै छलफलमा विभिन्न व्यक्तिहरुले प्रहरी संग राखेका प्रश्नको जवाफ दिदै ईन्सपेक्टर रमेशदत्त अवस्थीले प्रहरीले निरन्तर घ’टनाबारे अ’नुसन्धान गरिरहेको र अ’नुसन्धानको रिर्पाेट दो’सीलाई कटघेरामा नउभ्याय सम्म गो’प्य राखिने हाल सम्म पनि प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथी मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सचिब मदन कुँवरले दो’शी पत्ता लगडाउन मानव अधिकार तथा शान्ती समाज निरन्तर लागी रहेको बताउनुभएको थियो । कार्यक्रममा पन्चदेवल विनायक नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी,सम्पूर्ण वडाका वडा अध्यक्षहरु,नगरकार्यपालिकाका सदस्यहरु,नगरसभाका सदस्यहरु,नेपाल पत्रकार महासंघ अछामका कार्यबाहक अध्यक्ष खम्म खत्री,राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु,शिक्षक व्यापारी समाजसेवी बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चलन नेपाल पत्रकार महासंघ अछामका सह सचिब तपेन्द्र बहादुर धामीले गर्नुभएकोथियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *