टी-१० लिग: दिल्लीद्वारा मराठा पराजित, यस्ताे रह्याे सोमपालकाे प्रदर्शन

टी-१० लिग: दिल्लीद्वारा मराठा पराजित, यस्ताे रह्याे सोमपालकाे प्रदर्शन

यूएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली फास्ट बलर सोमपाल कामी आवद्ध मराठा अरबियन्सले पहिलाे हार बेहाेरेकाे छ । शुक्रबार  दिल्ली बुल्ससँगकाे खेलमा मराठा ९ विकेटले पराजित हुन पुगेकाे हाे । 

मराठाले दिएको ८८ रनको लक्ष्य दिल्लीले ५ ओभरमा १ विकेट गुमाएर पूरा गर्दै विजयी हासिल गर्याे। उसका लागि इभन लुईसले अविजित ५५, रबि भोपाराले नटआउट २८ र रहमानुल्लाह गुर्बाजले ४ रन बनाए । बलिङमा यामीन अहमदजाईले एक विकेट लिए ।

मराठामाआवद्ध नेपाली क्रिकेटर सोमपाल कामी आज पनि विकेटविहीन रहे । उनले आज एक ओभर बलिङ गर्दा बिनाविकेट १७ रन दिए । उनले चार चौकासहित १७ रन दिएका हुन् । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मराठाले निर्धारित १० ओभरमा ४ विकेट गुमाएर ८७ रन बनायो ।

उसका लागि कप्तान मोसाद्देक हुसेनले अविजित ३६, जावेद अहमेदीले २४, लौरी इभन्सले ११ रन बनाए । बलिङमा अहमद बूट, फिदेल इड्र्वास र अलि खानले एक एक विकेट लिए ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *