नेकपा सांसद रावलको वडा बाट दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश पुर्व सभापति शाहले गरे स्वागत

नेकपा सांसद रावलको वडा बाट दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश पुर्व सभापति शाहले गरे स्वागत

अछाम : नेपाल कम्युनिस्ट पाटी नेकपा सुदुर पश्चिम प्रदेश संसदीय दलका सचेत सांसद अक्कल रावलको गृह जिल्ला अछाम पन्चदेवल विनायक नगरपालिका वडा न ७ पुल्लेतोलाको आफ्नै वडाबाट शिक्षक सहित ४ दर्जनभन्दा वढी नेकपा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश भएका छन ।                                           प्रवेशिहरु लाई नेपाली कांग्रेस अछामका पुर्व पाटी सभापति पुष्प बहादुर शाहले पाटीमा स्वागत गर्नु भएको छ । नेपाली कांग्रेस पन्चदेवल विनायक नगरपालिका वडा न ७ का वडा सभापति निर्प रावलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुर्व पाटी सभापति पुष्प बहादुर शाह रहनु भएको थियो ।कार्यक्रममा नव प्रवेशिलाई कांग्रेस स्वागत गर्दै प्रमुख अतिथि शाहले यो देशमा अब कांग्रेस बाहेक अरु कसैको पनि विकल्प नरहेको बताउनु भएको छ । त्यसको जलन्त उदाहरण पुल्लेतोला बासि जनता लगायत देशै भरि कांग्रेस प्रवेश गर्नेहरुको लहरले देखाइ सकेको भन्दै अब जनता कम्युनिस्टको झुटो खेतिमा नलाग्ने बताउनु भएको छ। साथै उहाँले गत चुनावमा जनताले कम्युनिस्टलाई दिएको जनमतको अपमान गरेको समेत आरोप लगाउनु भएको छ । कार्यक्रम बिशेष्ठ अतिथि नेपाली कांग्रेस महासमिति सदस्य एवम् पन्चदेवल विनायक नगरपालिका का मेयर देवराज देवकोटा रहनु भएको थियो । यस्तै कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि सुरत बहादुर बिष्ट पदम राज अधिकारी नेपाली कांग्रेस अछाम क्षेत्र न २ का क्षेत्रिय सभापति लक्ष्मण शाह जिल्ला सदस्य टेकबहादुर शाह क्षेत्रिय सदस्य सुरत रावल नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर बिक नेपाल शिक्षक संघका पुर्व जिल्ला सदस्य हर्क रावल अमरकुमार ढकाल नेपाल विद्यार्थी संघ अछामका नेता पुष्प बिष्ट नवीन शाह लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।तपेन्द्र रावल को स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सन्चालन टंक बहादुर भण्डारीले ले गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *