निफ्राको आईपिओ शुक्रबार बाँडफाँड हुने, कसकाे भागमा कति कित्ता पर्छ ?

निफ्राको आईपिओ शुक्रबार बाँडफाँड हुने, कसकाे भागमा कति कित्ता पर्छ ?

नेपाल पुर्वाधार विकास बैंक (निफ्रा) को  शेयर शुक्रबार बाँडफाँड हुने भएको छ ।  बुधरबार प्रि अलोटमेन्ट सकिएपछि बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटले शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड गर्ने भएको हो । क्यापिटले बुधबार प्रि अलोटमेन्टको सबै काम सकाएर धितोपत्र बोर्डमा विवरण बुझाएको छ ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । बैंकको उक्त आईपीओमा १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेका छन् ।

जसअनुसार ५० कित्तासम्म आवेदन दिने सबैले मागे अनुसार नै पाउनेछन् । त्यसपश्चात ६० कित्ता र त्यहाँ भन्दा माथी आवेदन दिनेकाे गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ४ लाख ९२ हजार ७२ जनाले थप १० कित्ता गरी ६० कित्तासम्म शेयर प्राप्त गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *