औंला पट्काउने बानी छ? तुरुन्तै छोडिदिनुस् यो बानी, हुनसक्छ यस्तो हानी

औंला पट्काउने बानी छ? तुरुन्तै छोडिदिनुस् यो बानी, हुनसक्छ यस्तो हानी

हामी सबैको एउटा नराम्रो साझा बानी हुन्छ, त्यो हो औंला पट्काउने। टिबी हेर्दा, कुराकानी गर्दा, कुनै प्रस्तुति दिँदा, आतिँदा होस् या त थोरै फुर्सद होस् हामी औंला पट्काउन थाल्छौँ। औंलाहरू दुख्दा पनि हामी पट्काइहाल्छौँ। यसो गर्दा दुखाइ कम भएको महसुस पक्कै पनि हुन्छ। यदि तपाईंको पनि यस्तो नराम्रो बानी छ भने यसलाई आजै हटाउनुहोस्। किनभने यो बानी हाम्रो स्वास्थका लागि निकै हानिकारक छ।

डक्टरका अनुसार, हात र औंलाहरू पट्काउँदा हाम्रो हड्डीमा नराम्रो असर पर्छ। यसका साथै दैनिक काम गर्ने क्षमतामा पनि कमी आउँछ। हाम्रो शरीरमा जोर्नीहरू हुन्छन् र ती जोर्नीहरूमा एउटा खास किसिमको तरल पदार्थ पाइन्छ। यो तरल पदार्थले हाम्रो शरीरका हड्डीहरूलाई जोड्ने काम गर्दछ। synovial fluid नामक तरलले हाम्रो शरीरमा ग्रीसको काम गर्दछ। यसले हड्डीहरूलाई एक आपसमा रगडिनबाट पनि जोगाउँछ। यस तरल पदार्थमा निहित ग्यासबाट नयाँ ठाउँमा कार्बनडाइअक्साइड बन्छ र यसले फोकाहरू उमार्छ। जब हामीले औंला पट्काउँछौँ ती फोकाहरू फुट्छन् जसका कारण हाम्रो स्वास्थमा नराम्रो असर पर्दछ।

अधिकारीहरूका अनुसार, औंला पट्काउँदा गाँठाको समस्या हुन सक्छ। एउटा रिपोर्टले बताए अनुसार, हड्डीहरू आपसमा लिगामेंटले जोडिएका हुन्छन्। बारम्बार हामीले औंला पट्काएमा यसबाट आउने sunovial fluid नामक तरल कम हुन थाल्छ। यस्तो लगातार गरेमा हामीले जिन्दगीभर गाँठाको समस्या भोग्नुपर्ने हुन सक्छ।

एउटा अध्ययनले देखाए अनुसार, औंला पट्काउँदा हात सुन्निने, गाँठाहरू बढ्ने, अररो हुने तथा गिर्खा देखिने समस्या हुन सक्छ। लामो समयसम्म औंला पट्काएमा हाम्रा औंलाहरूले काम गर्न बन्द गर्नेजस्ता समस्या देखा पर्न सक्छन्। त्यसैले आजै यो नराम्रो बानी त्यागौँ। स्वस्थ बनौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *