नेप्सेलाई एनसीसी बैंकको जवाफ: ‘मर्जरमा जाने निर्णय भएको छैन’

नेप्सेलाई एनसीसी बैंकको जवाफ: ‘मर्जरमा जाने निर्णय भएको छैन’

काठमाडौं : नेपाल क्रेडिट एण्ड कमर्श बैंकले नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई स्पष्टीकरण दिएको छ । साताको पहिलो कारोबार दिन आइतबार शेयरमा उच्च् खरिद चाप देखिएपछि सेयर मूल्यमा प्रभाव पार्ने खालको निर्णय गरेको वा नगरेको त्यस सम्बन्धमा ३ दिनभित्र जानकारी दिन स्पष्टीकरण सोधेको थियो । 

सोमबार कम्पनि सचिव कपिल ज्ञवालीद्वारा हस्ताक्षरित जानकारी पत्रमा एनसीसी बैंकले अन्य कुनै बैंकसँग आफु मर्जर तथा एक्विजिसनमा जाने औपचारिक निर्णय नभएको स्पष्ट पार्दै जवाफ दिएको छ ।  नेप्सेलाई लिखित जवाफ पठाउँदै एनसीसीले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी कुनै निर्णय नभएको बताएको हो । बैंकको साधारणसभाले मर्जर तथा एक्विजसनमा जानका लागि गर्नुपर्ने सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको भए पनि यस सम्बन्धमा कुनै बैंकसँग कुरा नभएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *