‘द कपिल शर्मा शो’ बन्द हुँदै

‘द कपिल शर्मा शो’ बन्द हुँदै

चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ पुनः बन्द हुने खबर फैलिएकाे छ । यसअघि पनि पटकपटक बन्द हुँदै सञ्चालन हुँदै आएको चर्चित शो पुनः बन्द हुन लागेको इन्टरटेन्मेन्ट वेब पोर्टल टेलिचक्करको एक रिपोर्ट बताएको छ । 

शो बन्द भएपनि त्यो केहि समयका लागि मात्र हुने बताइएको छ । केही समयपछि निर्माताले द कपिल शर्मा शोलाई नयाँ सिजनमार्फत् फिर्ता ल्याउने योजना बुनिरहेका छन् । ‘द कपिल शर्मा शो’ अब पुनः संचालनमा आउँदा अझै फरक अन्दाजका साथ आउने अनुमान गरिएको छ ।

भारत लगायत धेरै देशहरुमा अत्यधिक रुचाइएको यो कमेडी शो नेपालमा पनि निकै लोकप्रिय रहेको छ । तर शोको प्रशारण पुनः एकपटक रोकिने खबरले दर्शकहरुमा अब कस्तो बन्छ भन्ने कौतुहलता भने छाएको छ  ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *