पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को समापन

पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को समापन

अछाम:बाल अधिकार र बाल समृद्धिको क्षेत्रमा काम गर्दै आईरहेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको आर्थीक सहयोग र समाज रूपान्तरण र बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी संस्था सामाजीक रूपान्तरण तथा मानवीय सहायता संघ – आस्था नेपाल अछामको आयोजनामा अछामको मंगलसेनमा संचालित  किशोर किशोरीहरूकालागी पाँच दिने ” सुरक्षात्मक सीप सहित आत्मरक्षा तालीम”को समापन गरिएको छ।

दस दिने रूपान्तरण ( TOT) तालिमको समापन भए लगत्तै गत बुधबार बाट सञ्चालन भएको उक्त   तालिममा अछाम जिल्लाको मेल्लेख गाउँपालिका नं. १ देखि ७, वडाका १४ जना , कमलबजार नगरपालिकाका २,३,४,र ५ गरि ४ वटा वडाका ८ जना यसैगरी पन्चदेवल बिनायक नगरपालिकाका १,६ र ७ गरि ३ वटा वडाका ६ जना समेतगरी जम्मा २८ जना साथी शिक्षकहरूलाई सुरक्षात्मक सीप सहित आत्मरक्षा तालिम दिएको हो ।

किशोर किशोरीहरूको बढ्दो उमेर, शारीरीक र मानसीक परीवर्तन संगै जीवनमा आउने विभिन्न समस्या, दुर्घटना, हिंसा, शोषण र दुर्व्यवहारजस्ता समस्याहरूको प्रतिकारगरी आत्मरक्षा गर्न र सम्मानित जीवन जिउँन सिकाउने एवं संभावित जोखीमलाई समाधान गर्न सिकाउने उदेश्य साथै समाजमा रहेका विभिन्न खालका विकृती विसङ्गतीका बिरूध्द आवाज उठाउने क्षमता अभिबृध्दी गराउनकालागी उक्त तालिमको सुरू गरिएको हो। यो तालिम सिकेर गएपछी समुदायमा पनि सो कक्षाहरु संचालन गरेर सबै किशोर किशोरीहरूलाई सशक्त बनाईने छ।
उक्त तालिममा गर्ल्स किक नेपाल नामक संस्थाका प्रशिक्षक द्वय निरज न्याैपाने र विद्या बिष्टले सहजीकरण र प्रशिक्षण दिनुभएको थियो ।

रुपान्तरण समुहका साथी शिक्षकहरुका लागि सुरक्षात्मक सीप सहित आत्मरक्षा सम्बन्धि ५ दिने  समापन तालिममा आस्था नेपाल अछामका अध्यक्ष निर्मला रावलले अध्यक्षता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा अधिवक्ता मातृका भण्डारी ,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक  गङा दत्त बडु,वर्ल्ड भिजन इन्टरनेशनल अछामका प्रमुख सुरज शर्मा,पत्रकार मेनुका ढुंगाना ,सुशील भण्डारी ,   परिवार नियोजन सम्बन्धि सेवा दिने संस्था सुनौलो परिवारका   जिल्ला    संयोजक बिन्दु रोकाया लगायतको उपस्तिथि रहेकोे कार्यक्रमको संचालन आस्था नेपाल अछामका प्रबन्धक रुपक चन्दले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *