वरुण धवनको गाडी दुर्घटना

वरुण धवनको गाडी दुर्घटना

बलिउड अभिनेता वरुण धवनको बिहेको तयारी जोडतोडका साथ अगाडि बढिरहेको छ। नताशा दलालसँग चाँडै नि बिहे बन्धनमा बाँधिन लागिरहेका वरुण यतिबेला चर्चामा छन्। उनका प्रत्येक तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भैरहेका छन्।

यसैबीच एउटा ठूलो खबर बाहिरिएको छ। बेहुला बन्न गैरहेका वरुणको गाडी सानो दु’र्घटनामा परेको छ। वरुण आफ्ना साथीहरूसँग विवाहस्थल अलिबाग जाँदै गर्दा यो घ’टना भएको बताइएको छ। आज तकका अनुसार, दु’र्घटनाले कसैलाई पनि हानी पुर्‍याएको छैन। वरुण एकदम सुरक्षित छन्।

को हुन् नताशा दलाल?
नताशा दलाल चिरपरिचित फेसन डिजाइनर हुन्। न्युयोर्कबाट आफ्नो पढाइ पूरा गरेकी नताशाले इन्डियामै काम गरिरहेकी छन्। उनको पूरा परिवारको बसोबास दिल्लीमा छ। चर्चित फेसन डिजाइनर भएपनि नताशा मिडियामा खासै आउँदिनन्। नताशाका अनुसार, उनलाई लाइमलाइटमा आउन मन पर्दैन। उनी चुपचाप काम गर्न रुचाउँछिन्। सीमित केही समारोहहरूमा वरुणसँग देखिएकी नताशाले विशेष समारोहहरूमा पनि आफ्नो उपस्थिति कमै जनाउँछिन्।

एउटा अन्तर्वार्ताका दौरान नताशाको बारेमा सोध्दा वरुणले भनेका थिए, “नताशा र म सानैदेखि एक अर्कालाई चिन्दथ्यौँ। पछि सँगै पढ्दा हाम्रो राम्रो मित्रता थियो। १२ पास गरेपछि मैले नताशालाई प्रेम प्रस्ताव राखेँ तर २/३ पटकसम्म उनले प्रस्ताव अस्वीकार गरिन्। फ़ेरि पनि मैले हार मानिनँ त्यसैको फलस्वरूप अहिले हामी साथमा छौँ।”

लामो समयसम्म एक अर्कालाई डेट गरेका वरुण र नताशाले अन्ततः बिहे गर्दै छन्। मुम्बई नजिकैको अलिबागमा यी दुबैको बिहे भव्य समारोहका बीच सम्पन्न हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *