देशलाई प्रचण्डमुक्त बनाउनु पर्छ : प्रभु साह

देशलाई प्रचण्डमुक्त बनाउनु पर्छ : प्रभु साह

 शहरी विकासमन्त्री प्रभु साहले देशलाई प्रचण्डमुक्त बनाउनु पर्ने टिप्पाेणी गरेका छन् ।

नेकपा ओली समूहका नेतासमेत रहेका साहले  गौरमा आयोजित अगुवा कार्यकर्ता भेलामा बाेल्दै प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् ।

 प्रचण्डकाे लोभले एकता टुटाएको आ’रोप लगाउदै उनले वास्तविक माओवादीहरुले पार्टी एकता चाहेको भन्दै अन्तरघातीहरुलाई पाठ सिकाउनुपर्छ बताए । 

प्रचण्ड-माधव समुहले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर देश बर्बाद गराउन खोजेका भन्दै ताजा जनादेशका निर्वाचनमा जानु भन्दा अर्को विकल्प नभएको मन्त्री साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *